एमाले नेता आचार्य माथि ज्यान मार्ने धम्की



एमाले नेता आचार्य माथि ज्यान मार्ने धम्की

भालुवाङ ३ मंसिर । नेकपा एमाले राप्ती गाउँ कमिटि सचिवालय सदस्य राजकुमार आचार्य माथि ज्यान मार्ने धम्की आएको छ ।

राप्ती गाउँपालिका २ कटेशनाला निवासी आचार्यलाई आज बेलुका ६ : २५ बजेको समयमा ९८१०८२३४३९ नम्बरबाट ज्यान मार्ने धम्की आएको आचार्यले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । भोली मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा आचार्यलाई फोन मार्फत ज्यान लिने धम्की आएको हो ।

उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । त राजकुमार आचार्य हो, तेरो आज भोली धेरै चुरीफुरी छ । हाम्रो लिस्टमा एमालेको तर्फबाट यो क्षेत्रमा पहिलो नम्बरमा तेरो नाम छ, आज भोली तेरो परिवारमा रमा, मिठो मसिनो खा चुनाव पछि तँ सिधै माथि जान्छन् जस्ता धम्की आएको छ । साथै उनले सम्बन्धित निकायलाई आफ्नो ज्यू ज्यानको रक्षाका लागि आग्रह गर्दै दोषी पत्ता लगाई कडा कारवाहीको माग समेत गरेका छन् ।

यसै बीच नेकपा एमाले राप्ती गाउँपालिका कमिटिले पनि एमाले नेता आचार्य माथि ज्यान मार्ने धम्कीको खेद प्रकट गरेको छ । पार्टीका राप्ती गाउँ कमिटि सचिव भरतमणी न्यौपानेले एक प्रेस विज्ञप्ती जारी गरी दोषी पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न स्थानीय प्रशासन सँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे