उच्च पहाडी र हिमाली जिल्लाको यात्रा गर्दा ध्यान दिन मौसमविद्को सुझाव
काठमाण्डाै २ मंसिर । हिमाली र उच्च पहाडी जिल्ला हिमपात भइरहेकाले त्यस क्षेत्रको यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । पर्वातारोहण वा पदयात्रासँगै अहिले चुनावका लागि निर्वाचन अधिृकतसहितको टोली उच्च पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा पुग्दैछन् ।
आज पनि हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै, प्रदेश-१, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने र बेलुकीपख पहाडी क्षेत्रका थोरै ठाउँमा हल्का वर्षाको अनुमान रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । अनिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्