शहरी विकास मन्त्रालयका सचिव सुटुक्क देउखुरीमा, राती नै होटल छाडेर भागाभाग (भिडियाे सहित)



शहरी विकास मन्त्रालयका सचिव सुटुक्क देउखुरीमा, राती नै होटल छाडेर भागाभाग (भिडियाे सहित)

भालुवाङ १ मंसिर । शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश सिंह सहितको एक टोली दाङ देउखुरीकाे भालुवाङमा अवस्थित हाेटेल पाैवाबाट राती नै होटल छाडी भागेका छन् । मतदाता प्रभावित गर्नेगरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्दै उनी बसेको होटल एमालेका कार्यकर्ताले घेराउ गरेका थिए ।

‘मन्त्रीले सचिव मार्फत पैसा बुझ्ने र चुनावमा मतदाता प्रभावित गर्न त्यो पैसा वितरण हुने देखेपछि हामी बिरोधमा उत्रिएका हौं’ एमालेका एक जना कार्यकर्ताले भने– ‘चुनाव हुने बेला मन्त्रालयका सचिव, कर्मचारी किन यता आउनु पर्यो, उनले भने ।’

सचिव सिंह सहितको टोली राती १ः३० मा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा होटल छाडेका छन् । आचारसंहिता लागु भएको अवस्थामा मन्त्रीको निर्वाचन क्षेत्रमा किन आउनु भयो भन्ने हाम्रो प्रश्नमा सचिव सिंहले मेरो ५ गते रिटायर भएको हुदा मन्त्रीलाई भेट्न आएको प्रतिकृया दिएका छन् । सचिव सिंह सहितको टोली होटलबाट प्रदेश ३ १०–०२२च ३४९९ नं. स्कारपियो गाडीमा बहिरिएका छन् ।

उक्त हाेटेलमा पुगेर पत्रकार जगत खनालले खिचेकाे याे हेर्नुहाेस् पुरा भिडियाे ।।। 

पत्रकार जगत खनालकाे फेसबुकबाट याे भिडियाे लिएका हाैँ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे