फोहोरमैला व्यवस्थापनका विषयमा अध्ययन गर्न राप्ती गाउँपालिकाको टोली स्याङ्जा प्रस्थान
भालुवाङ २१ कार्तिक । फोहोर व्यवस्थापनका विषयमा अध्ययन तथा अवलोकन गर्न राप्ती गाउँपालिकाको एक टोली सोमबार स्याङ्जा प्रस्थान गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मा फोहोर व्यवस्थापनको काम हुँदाहुँदै स्थानीयहरूद्वारा विरोध भएपछि स्थानीयहरूलाई साथमा लिएर राप्ती गाउँपालिका र ४ नम्बर वडा कार्यालय स्याङ्जाको भिरकोट प्रस्थान गरेको ४ नम्बर वडा अध्यक्ष वीरबहादुर चाैधरीले जानकारी दिएका छन् ।
भ्रमण तथा अवलोकन टोलीले भिरकोट र वालिङमा रहदा सम्म त्यहाँको फोहोरमैलालाई कसरी व्यवस्थापन गरिएको छ । र फोहोरबाट कसरी मोहर बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने वडा अध्यक्ष चाैधरीले बताएका छन् । भ्रमण टोलीमा वडा अध्यक्ष वीरबहादुर चाैधरी, अन्य जनप्रतिनिधि, कर्मचारीहरू, शिक्षक, टोल विकास समितिका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरूको सहभागीता रहेको छ । भ्रमण टोली कार्तिक २३ गते गृह जिल्ला फर्किने आयोजकले जानकारी दिएको छ ।