देउखुरीकाे राप्तीमा नेपाल प्रहरीका पूर्व बरिष्ठ उपरीक्षक केसी एमाले प्रवेश



देउखुरीकाे राप्तीमा नेपाल प्रहरीका पूर्व बरिष्ठ उपरीक्षक केसी एमाले प्रवेश
कार्तिक २१ कार्तिक । नेपाल प्रहरीका पूर्व बरिष्ठ प्रहरी उपरीक्षक टीका केसी नेकपा एमाले प्रवेश गरेका छन् । दाङकाे सिसहनियाँमा आयाेजना गरिएको बिशेष कार्यक्रममा केसी पार्टी प्रवेश गरेका हुन् । केसी राजपुर गाउँपालिका-२ निवासी हुन् ।
एमाले पाेलिटव्यूराे सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चाैधरी, केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्माले पार्टी प्रवेश गराउनु भएको हाे ।  एमालेले अघि सारेकाे राष्ट्रियता, स्वाधीनता र जनजिविकाकाे सवालमा अवलम्बन गरेकाे नीति तथा कार्यक्रम प्रति प्रभावित भएर केसी एमाले प्रवेश गरेका हुन् ।
मंसिर ४ पछि एमालेले बहुमत प्राप्त गर्ने र प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उद्घाेष गरिएको छ । कार्यक्रममा प्रदेश कमिटि सदस्य जगतप्रसाद पाेख्रेल, प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली, राप्तीका पार्टी अध्यक्ष मदन अधिकारी लगायतकाे सहभागीता थियाे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे