निर्वाचनलाई मर्यादित बनाउन सञ्चारमाध्यमको खबरदारी आवश्यक छ : प्रजिअ रेग्मी



निर्वाचनलाई मर्यादित बनाउन सञ्चारमाध्यमको खबरदारी आवश्यक छ : प्रजिअ रेग्मी

दाङ १९ कार्तिक । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनलाई मर्यादित बनाउन सञ्चारमाध्यमको खबरदारी आवश्यक रहेकाे बताएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङले शनिबार घाेराहीमा आयोजना गरेको निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै जिल्ला अधिकारी रेग्मीले साे कुरा बताएका हुन् ।साथै उनले निर्वाचनमा निर्वाचनका बेला र अरु बेला पनि सत्य तथ्य समाचार मात्र सम्प्रेसन गर्न संचारकर्मीलाई आग्रह गरेका छन् । नागरिकलाई निर्वाचन सँगै मतदान र मतपरिणामका बारेमा जानकारी दिन सञ्चारमाध्यमले ठूलो भूमिका खेलेको भन्दै सधै सञ्चारमाध्यम सँग आफूहरुले सहकार्य गर्ने बताए । यस्तै उनले ३ वटै निर्वाचन क्षेत्रमा गरि दाङमा नेपाल प्रहरी, ससत्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरि ५ हजार प्रहरी परिचान गरिएकाे बताएका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले निर्वाचनका समयमा पार्टी केन्द्रीत समाचार बढी आइरहेको भन्दै नागरिकका मुद्धालाई सञ्चारमाध्यमले प्राथामिकता राख्नुपर्ने बताए । उनले भने, ‘उम्मेदवारका कुरा सञ्चारमाध्यममा बढी देखिन्छ । तर हामीले त्यस्तो गर्नु हुँदैन । सञ्चारमाध्यमले त मतदाताका कुरा के छन्, नेता कहाँ पु¥याउने भूमिका खेल्नु पर्छ ।’

अध्यक्ष केसीले निर्वाचनका समयमा बढी जिम्मेवार भएर समाचारको संकलन गर्न पनि आग्रह गरे । निर्वाचन अधिकृत तथा न्याधिस कृपासुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले सञ्चारकर्मीलाई अभिमुखीकरण गर्दै निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

निर्वाचन अधिकृत कार्कीले निर्वाचन आचारसंहितको उल्लंघन भएको बारेमा जानकारी गराउन अनुरोध गरे । उनले आफूहरुसँग जनशक्तिको अभाव रहेको बताउँदै कहिकतै गल्ती भएमा खबरदारी गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । दाङ जिल्लाका संचारकर्मीहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रदेश निर्वाचन कार्यालय शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे