गठबन्धनकै कारण राजधानी दाङ स्थानान्तरण भएन : प्रतिनिधिसभा उम्मेदवार शान्ता चौधरी



गठबन्धनकै कारण राजधानी दाङ स्थानान्तरण भएन :  प्रतिनिधिसभा उम्मेदवार शान्ता चौधरी

देउखुरी १९ कार्तिक  । नेकपा एमाले पोलिट व्यूरो सदस्य तथा दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरीले गठबन्धन सरकारका कारण राजधानी स्थानान्तरणमा विलम्ब भएको बताएकी छिन् ।

देउखुरीकाे राजपुर गाउँपालिका–७ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सरकारमा रहँदा तोकिएको प्रदेशको राजधानी कार्यान्वयन गर्न गठबन्धन सरकारका कारण अलपत्र परेको बताएकी छिन् । अव राजधानी कार्यान्वयन गर्न एमाले नेतृत्वमा सरकार बन्नुपर्ने बताइन् ।

यस्तै प्रदेशसभा सदस्य (१)१ का उम्मेदवार गंगाराम भट्टराईले राजधानी कार्यन्वयनका लागि बनेको गुरु योजना अनुसार काम गर्न एमालेका उम्मेदवारले जित्नु अनिवार्य भएको बताए । राजधानी जुन हिसाबले ताेकियाे । साे हिसाबले काम बढ्न सकेन´उनले भने ।

यस्तै राजधानी ताेकेर एमाले सरकारले महत्त्वपूर्ण र दुरगामी छाप छाेडेकाे अर्का प्रदेशसभा सदस्य (१)२ का उम्मेदवार कुलबहादुर केसीकाे भनाइ छ । प्रदेश राजधानी संग जाेडिएका याेजना कार्यान्वयन एमाले नेतृत्व सरकारले मात्रै गर्न सक्ने भएकाले बिजय गराउन अपिल गरे

गठबन्धनका उम्मेदवारले जिते राजधानी कार्यान्वयन मुस्किल पर्छ । ढिलासुस्ती र सुनसान हुन्छ ।´ गृहमन्त्री बालकृष्ण खाडले राजधानी बुटवल बाट सार्न नहुने भन्दै बिराेध गरेकाे पाइन्छ । कांग्रेस र माओवादीले चुनाव जिते राजधानी बुटवलबाट राप्ती उपत्यका देउखुरी सार्न मुस्किल पर्ने तर्क बुद्धिजीवीहरुकाे छ ।

तर, पछि बनेको गठबन्धन सरकारले स्थापना भएको मन्त्रालयबाट काम नगरेर बुटवल बाट सुरु गरेको थियो । अहिले पनि मन्त्रालयको कामकाज बुटवलबाट हुँदै आएको छ । एमालेले राजधानी कार्यान्वयन र व्यवस्थापन आफ्नो प्रमुख एजेन्डा बनाएको छ ।

दाङ देउखुरीको बिकासको जग प्रदेश राजधानी हो । एमाले महासचिव शंकर पोख्रेल मुख्यमन्त्री हुँदा २०७७ असोज २० मा प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी तोकिएको थियो । एमाले नेतृत्वमा रहेको सरकारले पहिलो पटक पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय स्थानान्तरण गरेको थियो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका-१, २ र ३ तथा शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ राजधानी ताेकिएकाे क्षेत्र हाे ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे