भोटको लोभमा मन्त्री, राप्ती प्राविधिक शिक्षालयमा पढ्ने विद्यार्थी र शिक्षकको बिचल्ली



भोटको लोभमा मन्त्री, राप्ती प्राविधिक शिक्षालयमा पढ्ने विद्यार्थी र शिक्षकको बिचल्ली

दाङ १९ कात्तिक । गठबन्धन सरकारले राजधानी कार्यान्वयनमा दिर्घकालिन योजना र चासो नदेखाउदा विद्यार्थीले दुस्ख पाएका छन । राप्ती प्राविधिक शिक्षालय गढवा स्थानान्तरण गरिएपछी विद्यार्थि र शिक्षकको विचल्लि भएको छ ।

राजधानी कार्यान्वयन संग जोडिएका बिषयमा हचुवाको भरमा काम गर्दा शिक्षालयका विद्यार्थीलाई खान बस्न समेत असजिलो भएको छ ।ञचुनावमा भोट पाउने लोभमा हामीलाई दुस्ख दिइयो । न ल्याव छ । न कुनै सुविधा । साझ बास बस्न मौरीघाट आउनु पर्छ ।

पढ्न गोवरडिहा एक विद्यार्थीले भने-‘राजधानीको बिरोध हामीले गरेका छैनौं । तर, हामीले भोगेको दुखकाे भरपाइ कस्ले गरिदिन्छ ।’ चुनावी स्टन्डको रुपमा मात्रै राजधानी कार्यान्वयनको बिषयलाइ अघि बढाएको देखिन्छ ।

विद्यार्थी मात्रै होइन प्रध्यापकहरुले पनि सास्ती भोग्न बाध्य छन । ‘बिना तयारी र योजनाका साथ काम अघि बढ्दा अलपत्र हुनु परेको छ’, एक प्रध्यापकले भने,’राजधानी हामीलाई चाहिन्छ । तर, यसले कसैलाई बिस्थापित गर्नुहुदैन ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे