एमालेको चुनाबी भेला देउखुरीकाे पिपरीमा सम्पन्न, विभिन्न दल परित्याग गरी एमाले प्रवेश



एमालेको चुनाबी भेला देउखुरीकाे पिपरीमा सम्पन्न, विभिन्न दल परित्याग गरी एमाले प्रवेश

सिसहनियाँ १९ कार्तिक । नेकपा एमाले राप्ती गाउँपालिकाको चुनाबी भेला देउखुरीकाे पिपरीमा सम्पन्न भएको छ । राप्ती गाउँ पार्टी संगठन कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा एवम्  नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य रेवतिरमण शर्माकाे प्रमुख आतिथ्यतामा भउकाे  उक्त कार्यक्रममा अमृत नेपाली लगायतका व्यक्ति विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको पार्टीका सचिव भरतमणि न्यौपानेले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा सूर्य चिन्हका उम्मेदवार लाई जिताउन जस्तो सुकै त्याग गर्न निर्देशन दिइएको छ । प्रमुख अतिथि केन्द्रिय लेखा आयोगका सदस्य एमालेले चुनाव जिते देशमा समृद्धिकाे यात्रा सुरु हुने बताए । त्यस्तै कार्यक्रममा अनुशासन आयोगका सदस्य सरस्वती गौतम, लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवार रेखा शर्माले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन संगठन कमिटी सचिव भरतमणी न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे