दाङको बंगलाचुली गाउँपालिकामा मालवाहक ठूला गाडी चलाउन रोक
दाङ १६ कार्तिक । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाभित्र मालवाहक ठूला गाडी चलाउन रोक लगाएको छ । असोज तेस्रो हप्ता परेको पानीले ठाउँ ठाउँमा सडक भत्किएको तथा पहिरोका कारण क्षति भएकाले गाउँपालिकाले सूचना निकालेर तत्कालका लागि ठूला मालवाहक गाडी चलाउन रोकेको हो ।
सडक मर्मतको काम सकेर अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाकाे सडक निर्माण कार्यका लागि बाहेकका टिप्पर, ट्रकलगायत ठूला मालवाहक गाडीलाई अल्पकालीन रुपमा सञ्चालनमा रोक लगाएको सूचनामा उल्लेख छ ।
मालवाहक गाडी टिप्पर, ट्रक जस्ता ठूला गाडीहरुलाई अल्पकालीन रुपमा सञ्चालनका लागि रोक लगाएको गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले बताए । अनुमति बिना अटेर गरी गाडी नचलाउन पनि उनको आग्रह छ । बङगलाचुली गाउँपालिकाभित्र विभिन्न सिमेन्ट उद्योगका लागि चाहिने चुनढुङ्गा खानी रहेको र चुनढुङ्गा बोक्न सयौँ टिप्पर चल्ने गर्छन् ।