राप्ती गाउँपालिकाद्धारा करङ्गेकाेटका पहिराे पिडितलाई राहत वितरण



राप्ती गाउँपालिकाद्धारा करङ्गेकाेटका पहिराे पिडितलाई राहत वितरण

सिसहनियाँ ९ कार्तिक । दाङको राप्ती गाउँपालिकाले गत असाेज १८ गते देखि परेको अविरल वर्षतका कारण आएकाे बाढी ,पहिरो पिडित नागरिकहरुलाई गाउँमै गएर नगद सहित अन्य राहत सामाग्री प्रदान गरेकाे छ।

यसै क्रममा अबरुद्ध सिसहनियाँ करङ्गकाेट जाेड्ने माेटर बाटाे सुचारु भए संगै मंगलबार वडा नं. ५ काे विकट पहाडी गाउँ करङ्गेकाेट गाउँमै गएर पिडीतहरुलाई साे राहत सामाग्री प्रदान गरिएको हाे। राप्ती गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पाैडेल र वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरीकाे राेहवरमा साे सामाग्री पिडितहरु लाई प्रदान गरिएको हाे।

पहिराले पूर्णरूपमा घरमा क्षति पुगेका पिडित घरपरिवारलाई गाउँ कार्यपालिकाकाे निर्णय बमोजिम प्रति घर प्रदान गरिने नगद ५० हजर रुपैयाँ मध्ये साे क्षेत्रका ४ घरपरिवारलाई पहिलो किस्ता बाफत २५ हजार रुपैयाँ प्रदान गरिएको हाे। त्यसै उनीहरुलाई गाउँपालिकामा विभिन्न संघ संस्थाहरुले उपलब्ध गराएको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा ब्लाङ्केट लगाएका राहत सामाग्री समेत प्रदान गरिएको छ।

त्यस्तै अन्य पहिरो पिडित घरपरिवारहरुलाई वितरण गर्नका करिब १८ क्युनटल खाद्यान्न वडा सदस्य भुपलाल थापा मगर र करङ्गेकाेट टाेल विकास संस्थाका अध्यक्ष गिर बहादुर थापा मगर लाई हस्तान्तरण गरिएको छ। साे अबसरमा बाेल्दै गाउँपालिका अध्यक्ष विष्टले पिडित परिवारलाई घर निर्माण कार्यमा सहयाेग पुगाेस् भन्ने उदेश्यले पालिकाले साे रकम प्रदान गरेकाे बताए।

त्यस्तै उनले अन्य सहयाेगका लागि प्रदेश र संघिय सरकार समक्ष माग गरिएको जानकारी दिदै पहिरोले पूर्णरूपमा घर जग्गा बगाएका घरपरिवार लाई अन्यत्र पुर्नस्थापनाका गर्नका लागि स्थानीय सरकारले सहयोग गर्ने समेत बताए । साे अबसरमा वडा नं ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ, कार्यपालिका सदस्य रणबहादुर पुँजाली, अधिकृत द्वय बासु खनाल र दामोदर आचार्य, वडा नं ५ का वडा सदस्य गाेविन्द कवर, भुपलाल थापा मगर, ईलाका प्रहरी चाैकीका सिसहनियाँका ईन्चार्ज जीवन केसी, समाजसेवी तथा बुद्धिजीवी चित्र बहादुर थापा मगर, पत्रकार तुलबहादुर कँवर मगर लगायतकाे सहभागीता रहेको थियाे।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे