दाङकाे तुलसीपुरमा खुकुरी प्रहारबाट २ जना घाइते



दाङकाे तुलसीपुरमा खुकुरी प्रहारबाट २ जना घाइते

तुलसीपुर ९ कार्तिक । दाङमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ७ तमाखे निवासी २३ बर्षका शिवराज भण्डारी र २१ वर्षका केशव भण्डारी घाइते भएका छन् ।

तुलसीपुर – घोराही सडक खण्ड अन्तर्गत राप्ती पेट्रोल पम्म नजिकै भैली खेलिरहेको समयमा नचिनेका युवाको समूहले कुटपिट गरी खुकुरी प्रहार गरेको उपचारमा संलग्न हुनु भएकाे घाइतेका दाइ विनोद भण्डारीले जानकारी दिए ।

घटना राति पौने १० बजे भएको थियो । यता घटना घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे