दाङको बबई नदीमा डुवेर वेपत्ता भएका दुई किशोरी २८ घण्टापछी मृत फेला



दाङको बबई नदीमा डुवेर वेपत्ता भएका दुई किशोरी २८ घण्टापछी मृत फेला

तुलसीपुर ६ कात्तिक । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुवेर वेपत्ता भएको २८ घण्टापछी मृत अवस्थामा फेला परेका छन । घटना स्थलमा रहेका दंगीशरण गाँउपालिका २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनिहरुको शव स्थानियले आज आइतबार दिउसो साडे ३ फेला पारेका हुन ।

डुबेको स्थान देखी झन्डै १५ मिटरको दुरीमा करीब १० मिटर गहिराइमा दुबैजना एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

अहिले दुबैजनाको शवलाई घटना स्थलको नजिकै राखीएको र प्रहरीको मुजुल्का पछी शव पोष्टमार्टमको लागी राप्ती प्रादेशीक असपताल तुलसीपुर लग्ने तयारी भइरहेको पहरीले बताएको छ । उनीहरु दुबैजना नुहाउने क्रममा शनिबार दिउसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे