तिहार र छठ पर्वलाई लक्षित गरी राप्ती गाउँपालिकाद्धारा भालुवाङ र सिसहनियाँ बजार अनुगमन



तिहार र छठ पर्वलाई लक्षित गरी राप्ती गाउँपालिकाद्धारा भालुवाङ र सिसहनियाँ बजार अनुगमन

भालुवाङ ६ कार्तिक । तिहार र छठ पर्वलाई लक्षित गरी देउखुरीको राप्ती गाउँपालिकाले आइतबार भालुवाङ र सिसहनियाँ बजार अनुगमन गरेको छ । चार्डपर्वका समयमा उपभोक्ताहरु ठगिनबाट बचाउन र बजारमा हुने कालोबजारी, मूल्यबृद्धि र म्याद गुज्रिएको बस्तुहरुको बिक्री बितरणलाई नियन्त्रण गर्न भालुवाङ र सिसहनियाँ बजार अनुगमन गरिएको हो ।

उपभोक्ता हित संरक्षण समितिका मुख्य सरक्षक तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको नेतृत्वमा बजार अनुगमन गरिएको छ । राप्ती गाउँपालिका—१ को भालुवाङ पुल्चोक र राप्ती गाउँपालिका—५, प्रगतिनगर सिसहनियाँ बजारमा रहेका खाद्य तथा किराना पसल, खुद्रा पसल, होटेल, डेरी, फलफूल पसल र फ्रेस हाउस गरी करिब एक दर्जन बढी पसलमा अनुगमन गरिएको अनुगमन समितीका संयोजक तथा राप्ती गाउँपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख जिवराज पौडेलले जानकारी दिए ।

अनुगमनका क्रममा ती पसलहरुबाट करिब २० हजार बराबरका विभिन्न खाद्य, पिय पदार्थ, मसाला जन्य समाग्री म्याद नाखेका र अखाद्य बस्तु फेला गरी जफत गरी नष्ट गरिएको अनुगमन समितीका संयोजक पौडेलले जानकारी दिए । जफत गरिएको ती सामानहरु राप्ती गाउँपालिकाको कार्यालय परिसर एकान्त ठाउँमा जलाएर नष्ट गरिएको छ ।

 

साथै अनुगमनका क्रममा गाउँपालिकामा दर्ता भएका अधिकांश व्यवसायहरुले नबिकरण नगरेको फेला परेकोले ती सबै व्यवसायलाई तिहार पछि लगत्तै तत्कालमा पालिकामा गई व्यवसाय नबिकरण गर्न निर्देशन दिइएको छ ।

 

त्यस्तै अनुगमनको क्रममा खाद्य वस्तुको उपभोगको म्याद, व्यवसाय दर्ता, मूल्यसूची, सरसफाई भए नभएको, बोर्डमा पाना नम्बर भए नभएको अनुगमन गरिएको थियो ।

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि राप्ती गाउँपालिकाले अब प्रत्येक तीन/तीन महिनामा बजार अनुगमन गर्ने समेत जनाएको छ ।

 

बजार अनुगमनमा उपभोक्ता हित संरक्षण समितिका मुख्य सरक्षक तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, ईलाका प्रशासन कार्यालय लमहीक बामदेव गिरी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक रिजन कार्की, बजार अनुगमन समितीका संयोजक तथा राप्ती गाउँपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख जिवराज पौडेल, १ नम्बर वडा अध्यक्ष गेमबहादुर खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, कृषि विकास शाखा प्रमुख सिमा भट्ट, ईलाका प्रहरी कार्यालय सिसहनियाँका बरिष्ठ हवल्दार सुमन थापा र सहायक हवलदार सुर्यप्रसाद अर्याल उपस्थिति रहेको थियो ।

त्यस्तै बजार अनुगमनमा  भालुवाङ होटेल व्यवसाय समितीका अध्यक्ष महेश बेल्बासे, राप्ती उद्योग बाणिज्य संघका सचिव भरतमणि न्यौपाने, सिसहनियाँ उद्योग बाणिज्य संघका उपाध्यक्ष भागवत ज्ञवाली, संघका सचिव मदन पोख्रेल, कार्यालय सचिव युवराज ज्ञवाली, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष तथा रेडियो राप्ती/राप्ती टेलिभिजनका निमित्त स्टेसन म्यानेजर एवम् समाचार प्रमुख सन्तोषकुमार गुप्ता र लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेल लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे