भेटिएनन् बबई नदीमा डुबेर बेपत्ता भएका दुई किशोरी, गोताखोरको टोली आउँदै



भेटिएनन् बबई नदीमा डुबेर बेपत्ता भएका दुई किशोरी, गोताखोरको टोली आउँदै

 कात्तिक ६ दाङ । दाङ तुलसीपुर–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी फेला पर्न सकेका छैनन् । बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएका थिए।

डुबेर बेपत्ता भएको खबर पाए लगत्तै शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजि गरेका थिए । तर रात परेपछि उनीहरुको खोजि गर्न नसकिएको र आज (आइतबार) पुन खोजि कार्य गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार बबई नदी गहिरो रहेकाले बेपत्ता किशोरीहरुको खोजि कार्यमा समस्या भइरहेको छ । आज नपालगञ्जबाट गोताखोरको टोली आउन लागेको डिएसपी मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे