लमहीकाे सरकारी भवनमा गठबन्धनको निर्वाचन कार्यालय



लमहीकाे सरकारी भवनमा गठबन्धनको निर्वाचन कार्यालय

देउखुरी २ कार्तिक । सरकारको लगानीमा निर्माण भएको भवनम गठबन्धनले निर्वाचन कार्यालय स्थापना गरेको छ । लमही नगर विकास समितिको लगानीमा निर्माण भएको बहुउद्देश्यीय व्यापारीक भवनमा गठबन्धनको क्षेत्र नम्बर १ स्तरीय सम्पर्क कार्यालय राखिएको छ ।

गठबन्धनले सरकारी लगानीमा बनेको संरचनाको दुरुपयोग गरेको आरोप विपक्षीले लगाएका छन । नगर विकास समितिले १५ वर्षको लागि भवन भाडामा लगाएको छ । ठेकेदारले भवन गठबन्धनलाई भाडामा दिएको बताएका छन ।

यता निर्वाचन अधिकृत मानबहादुर बिष्टले आचार संहिता उल्ङ्घन हो या होइन बिषयमा अध्ययन गरिने बताए । ‘यस बारेमा गुनासो प्राप्त भएको छ । माथिल्लो निकाय सँग बुझ्ने काम भइरहेको छ’ उनले भने– ‘अध्ययन पश्चात आधिकारीक भनाइ सार्वजनिक गर्छौं ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे