बझाङमा जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गयाे, १६ जना घाइते



बझाङमा जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गयाे, १६ जना घाइते

बझाङ २ कार्तिक । बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ ।

चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिएका छन् । उनका अनुसार ज्यान गुमाएकामध्ये चार जनाकाे परिचय खुलेकाे छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको ज्यान गएको हाे ।

यस्तै दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकाे सूचना अधिकारी अवस्थीले बताए ।  सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट तल भिरमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे