विश्वका एक अर्ब बालबालिका जलवायु परिवर्तनका कारण उच्च जोखिममा



विश्वका एक अर्ब बालबालिका जलवायु परिवर्तनका कारण उच्च जोखिममा

कार्तिक २ काठमाडौं/ जलवायु परिवर्तनका कारण विश्वका झण्डै एक अर्ब बालबालिका उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अधिकार समूह किड्स राइट्सले झण्डै ८२ करोड बालबालिका उच्च जोखिममा रहेको चेतावनी दिएको हो ।

किड्स राइट्स इन्डेक्सले युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको समेत जनाएको छ । पानीको कमी र गमीको कारण बालबालिका प्रभावित भएका छन् । मलेरिया र डेङ्गीजस्ता रोगहरूले झन्डै ६० करोड बालबालिका वा हरेक चारमध्ये एक जनालाई असर गरेको डच एनजीओ किड्स राइट्सले जनाएको छ ।

रिपोर्टमा आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारका लागि उत्कृष्ट र सिएरालियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराब सूचीमा राखिएको छ । संयुक्त राष्ट्र संघीय निकायले प्रदान गरेको तथ्यांकका आधारमा यो प्रतिवेदन निकालिएको खबरमा उल्लेख छ ।

सूचांकमा १ सय ८५ देश समावेश छन् । किड्स राइट्सका संस्थापक तथा अध्यक्ष मार्क डुलार्टले यस वर्षको प्रतिवेदनलाई हाम्रो वर्तमान र भावी पुस्ताका बालबालिकाका लागि चिन्ताजनक भनेर उल्लेख गरेका छन् ।

द्रुत गतिमा परिवर्तन भइरहेको मौसमले बालबालिकाको भविष्य र आधारभूत अधिकारलाई खतरामा पारेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे