नेकपाको महासचिवमा फेरि विप्लव चयन, ८१ सदस्यीय केन्द्रीय समिति गठन
काठमाडाैँ २ कार्तिक । नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द विप्लव चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको सो पार्टी निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए ।
यस्तै महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित गरिएको छ ।
प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।
प्रतिक्रिया दिनुहोस्