अवैध ८४० बोरा चिनी बरामद



अवैध ८४० बोरा चिनी बरामद

कार्तिक २ काठमाडौं/ सशस्त्र प्रहरीले पश्चिम नवलपरासीबाट ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । बुधबार जिल्लाको प्रतापपुर गाउँपालिका-२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा परासी राजमार्गबाट करीब ९० लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको जनाएको छ । बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे