दाङ क्षेत्र नं. २ र ३ का उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने



दाङ क्षेत्र नं. २ र ३ का उम्मेदवारले ३१ लाखसम्म खर्च गर्न पाउने

दाङ २ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक-फरक खर्चको सीमा निर्धारण गरेको हो ।

दाङ क्षेत्र नं. २ र ३ का उम्मेदवारले अधिकतम ३१ लाख रुपैँया खर्च गर्न पाउने निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे