नवौँ राष्ट्रिय खेलकुदमा १ सय २८ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै



नवौँ राष्ट्रिय खेलकुदमा १ सय २८ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै

काठमाण्डाै १ कार्तिक । गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको पदकमा अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १ सय २८ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदकसहित ६५ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्य पदकसहित कुल ७४ पदक जितिसकेको छ ।

रजत र कास्यमा पुलिस क्लबभन्दा एपीएफ अगाडि छ । वाग्मती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक हात पारेको छ । त्यस्तै, गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदकसहित ३८ पदक जितेको छ ।

एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्यसहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्यसहित ३२ पदक, मधेस प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य, सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत र २ कास्य पदकसहित ४ पदक हात पारेका राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे