मृगौला पीडित नेपाली उपचारका लागि आर्थिक सहयोगको पर्खाईमा



मृगौला पीडित नेपाली उपचारका लागि आर्थिक सहयोगको पर्खाईमा

दाङ ३१ असोज । लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट ग्रसित युद्धबहादुर नेपालीले आर्थिक सहयोगको याचना गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बाख्रे माझगाउँका ३२ वर्षीय नेपाली करीव ७ वर्षअघि मृगौलामा समस्या भएपछि उपचारमा आफुसँग भएको पैसा सकिएपछि अहिले सहयोग माग्न बाध्य भएका छन् ।

शुरुवाती चरणमा मृगौलामा पत्थरी रहेको भन्दै अपरेशन गरिएकोमा निको नभएर रोग बल्झिएपछि उपचारमा थप समस्या भएको उनले बताए । सात वर्षअघि विदेशमा बस्दा कमाएको १ लाख ५० हजार रुपैयाँ त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दा खर्च भएको तथा दिदीले पनि ठूलो धनराशि खर्च गरेर उपचार गरे पनि सफल नभएपछि अहिले बाध्य भएर सहयोगको याचना गर्नु परेको उनले बताए ।

‘विदेशमा कमाएको पैसा उपचारमा सकियो । जग्गा जमीन पनि छैन । सुकुम्बासी हुँ, घरको आर्थिक स्थिती निकै कमजोर छ, अब उपचारका लागि अस्पताल जानेसमेत पैसा छैन’ उनले भने यो बेला मलाई सबैको सहयोगको अपेक्षा गरेको छु ।’ चन्दा उठाएर औषधी खर्च चलाउँदै आएकोमा समस्या बल्झिँदै गएकाले थप उपचारका लागि सहयोग भएमा आफुले उपचार पाउने बताए । उसो त, तुलसीपुर उपमहानगरपालिकाले आर्थिक सहयोग गर्ने आश्वासन दिए पनि हालसम्म आफुले कुनै सहयोग नपाएको बताए । ‘आश्वासन त पाएको छु तर, आर्थिक सहयोग कहिले पाउने हो थाहा छैन ।’ उनले भने ‘ दिन्छु भन्नुभएको हो तर खै कहिले हो थाहा भएन ।

यस अघि तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, उपमहानगरको जनस्वास्थ्य प्रवद्धन शाखा र वडा नम्बर १३ को कार्यालयले निशुल्क उपचार र आर्थिक सहयोगको अपिलसहितको पत्र बनाई दिएका छन्। पत्रमा मृगौलाको पत्थरी अपरेशन गरिसकेको र फेरी सोही रोग बल्झिएको हुँदा थप उपचारका लागि समस्या भएको भन्दै सहयोगको याचना गरिएको छ । मृगौला पीडित नेपालीलाई आर्थिक सहयोग गर्न चाहने मनकारीले नेपाल इन्भेष्टमेन्ट बैंक तुलसीपुर शाखामा उहाँको खाता नम्बर ०३१०५२७०२५०७७१ मा आर्थिक सहयोग गर्न सक्नुहुनेछ । ९८४७९१४९०३ मा उनको दिदी यमुना बिकलाई सम्पर्क गर्न सकिने बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे