दाङको दमारगाउँका दुई बालबालिका हत्या काण्डमा टिप्पर चालकको बयानले अर्का युवा पक्राउ



दाङको दमारगाउँका दुई बालबालिका हत्या काण्डमा टिप्पर चालकको बयानले अर्का युवा पक्राउ

तुलसीपुर ३१ असोज । दाङको तुलसीपुरमा एक जोडी किशोर किशोरीको हत्या काण्डबारे अपराधि नजिक पुगी सकेको प्रहरीले जानकारी दिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका – १३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा आइतबार स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ घर भइ दमारगउँस्थित मामा घरमा बसेर अध्यन गर्दै आएका १४ वर्षीय शरद आचार्यको शव आइतबार दिउँसो फेला परेको थियो ।

दमारगाउँको जंगलमा एक जोडीको किशोर किशोरीको शब गाडिएको अवस्थामा फेला परेको केही बेरमै आफन्तको सूचनाका आधारमा प्रहरीले एक जना टिप्पर चालकलाई पक्राउ गरेको थियो । चालकको परिचय खुलाइएको छैन ।

तीनै चालकको बयानका आधारमा अर्का एक जना युवकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय पक्राउ परेका ब्यक्तिको माइती गाउँ दमारगाउँमै रहेको प्रहरीले जानकारी दिएको छ ।

ती चालकको मोवाईबाट शरद बेपत्ता भएपछि उनका माउली हजुरबुवालाई बिभिन्न समयमा फोन सम्पर्क गरि शरदको हालचाल सोधिएको तथ्य खुलेको प्रहरीले बताएको छ ।

‘चालक पक्राउ परेपछि उनको बयानका आधारमा अर्का युवकपनि हामीले पक्रियएका छौं,’ एक प्रहरी अधिकारीले भने ‘प्रहरी अपराधि नजिक पुगिसकेको छ र जति हुन्छ छिटो ती ब्यक्तिहरु सार्वजनिक गर्न प्रयास हुने छ ।’

यो बीचमा रोशनी र शरदको सम्बन्ध तथा ब्यबहार नजिकबाट दखे बुझेका साथीहरु तथा सहपाठी गरि करिब आठ जनालाई प्रहरीले घटना अनुसन्धानमा सहयोग पुगोस भनेर सोधपुछका लागि बोलाएको थियो । त्यो अनुसन्धानबाट रोशनी र शरदका बीचमा घनिष्ट सम्बन्ध रहेको खुलेको एक प्रहरी अधिकारीले बताए ।

असोज २७ गते राति झन्डै साढे १० बजेसम्म रोशनी र शरद दुबैको मोवाइलमा सम्बाद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी उनीहरुका बीचमा आदान प्रदान भएका म्यासेजको डिटेल्स पनि खोजी कार्यमा लागेको छ ।

इलाका प्रहरी कर्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार रोशनी र शरद दुबैको टाउको र अनुहारमा गहिरो चोट पटक रहेको छ । उनीहरुको टाउको तथा अनुहारमा ढुँगाले आक्रमण गर्नुको साथै थिचेको जस्तो देखिएको मल्लले बताए ।

शरदको अण्डकोशमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ । हातखुट्टा र शरिरका अन्यभागमा पनि घाउ खतहरु देखिएका छन् । रोशनीको अनुहारमा गहिरो चोट देखिएको र त्यो ढुंगाले थेचेको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

रोशनीको घरदेखि भन्डै ८० मिटरको दुरीमा जंगल छेउ चिरामा आपासको ढिकको माटो खनेर पुरेको अवस्थामा फेला परेको उनीहरुको शब आइतबार राति तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । दुबै शब पोष्टमार्टमको लागि तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तीन दिनदेखि बेपत्ता नातिको खोजी गर्दै जाने क्रममा शरदका माउली हजुरबुवाले जंगलतर्फ जाने चिरो तर्फ नयाँ पाइलाका डोबहरु देखेपछि आशंका लागेर खोज्दै जाने क्रममा खाडलमा गाडिएको अवस्थामा शब देशेपछि प्रहरीलाई खबर गरिएको थियो ।

घटनाको प्रकृतिका हेर्दा उनीहरुको हत्या चिन जानकै र नजिकका ब्यक्तिबाट भएको हुने सक्ने आशंका प्रहरीको छ । ‘रोशनी र शरद मध्य एकले ‘मल्टिपल’ सम्बन्ध राखेका थिए कि भन्ने आशंका पैदा भएको छ,’ एक प्रहरी अधिकारीले भने ‘ त्यसबारे अनुसन्धान जारी छ ।’

हत्या गरि चिरोमा पुरिएका उनीहरुले प्रयोग गर्ने मोवाई फोन भने फेला पर्न नसकेको प्रहरीले बताएको छ । घर परिवारका अनुसार असोज २७ गते रातिदेखि उनीहरू हराएका थिए। असोज २८ गते आचार्यकी माउली हजुर आमा स्थानीय प्रहरी चौकी कौवापुरमा पुगेर आफ्नो नाति बेपत्ता रहेको हुँदा खोजी गरिदिन आग्रह गर्दै निबेदन दिएकी थिइन ।

उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। प्रहरीका अनुसार शरदका बुवा –आमाको छोडपत्र भएका कारण दमाउगाउँस्थित मामा घरमा आमासंगै शरदपनि बस्दै आएका थिए । रोशनीको बुवापनि रोजगारीको खोजीको सिलसिलामा भारतमा रहेको जानकारी दिइएको छ ।

घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ किलो मिटर दक्षिणमा र कौवापुर प्रहरी चौकीदेखि करिब ५ सय मिटर पश्चिमा पर्ने गर्छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे