देउखुरीकाे राजपुरमा माओवादीका चर्चित नेता गिरी सहित ८० जनाबढी एमालेमा प्रवेश



देउखुरीकाे राजपुरमा माओवादीका चर्चित नेता गिरी सहित ८० जनाबढी एमालेमा प्रवेश

देउखुरी ३१ असाेज । मंसिर ४ गते आउन केहीदिन बाँकी रहँँदा दाङ-देउखुरी क्षेत्र नम्बर १ मा भने चुनावी सरगर्मी बढेकाे छ । चुनावी सरगर्मी संगै  एमाले प्रतिकाे आकर्षण समेत बढेकाे छ । चुनावी अभियानका क्रममा विभिन्न राजनीतिक दल परित्याग गरि एमालेमा प्रवेश गर्नेकाे लहर नै चलेकाे छ ।

यसैबीच देउखुरीकाे राजपुर गाउँपालिका-२ बेलामा साेमवार आयाेजित कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी चर्चित नेता अम्मर गिरी सहित ८० जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले पाेलिटव्यूराे सदस्य तथा क्षेत्र नम्बर १ की उम्मेदवार शान्ता चाैधरी, केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटी सदस्य धुब्र आचार्य, प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली, माेहनकुमार पाण्डे, क्षेत्र नम्बर १ का संयाेजक सहजराम यादव, राजपुर गाउँपालिका इञ्चार्ज कुलराज गिरी लगायतले स्वागत गरेका थिए । कार्यक्रम राजपुर गाउँपालिका किमिटिका अध्यक्ष हेमकुमार जिसीकाे अध्यक्षतामा भएको थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे