दाङमा प्रत्यक्ष तर्फ थारु समुदायबाट २२ जनाको उम्मेदवारी



दाङमा प्रत्यक्ष तर्फ थारु समुदायबाट २२ जनाको उम्मेदवारी

दाङ ३१ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा थारु समुदायको प्रतिनिधित्व गर्दै २२ जनाले उम्मेदवारी दिएका छन् । जस्मा २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि दाङका ३ वटा निर्वाचन क्षेत्रबाट १० जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेश सभा सदस्यका लागि १२ जना गरी जिल्लामा २२ जना थारु समुदायबाट चुनावी प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेकपा समाजवादी एकिकृत (गठबन्धन) बाट मेटमणी चौधरी नेकपा एमालेबाट शान्ता चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मुल थरुहटबाट रुकमिणी चौधरी थारु र हाम्रो नेपाल पार्टीबाट गंगा चौधरी सत्गौवा चुनावी प्रतिशप्रर्धामा छन् ।

त्यसैगरी प्रदेश सभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. १(क) बाट नेकपा माओवादी केन्द्रबाट ईन्द्रजित थारु, लोकतान्त्रिक समाजवादीबाट दामोदर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जित चौधरी १(ख) बाट मंगोल नेशनल अर्गनाईजेशनबाट टिकलाल चौधरी, र नागरिक उन्मुक्ति पार्टीबाट भक्तिराम चौधरीको उम्मेदवारी रहेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । त्यसैगरी दाङ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य तर्फ हाम्रो नेपाली पार्टीबाट शशिराम चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा सदस्य तर्फ २(क) मा रेशम चौधरी स्वतन्त्र र नागरिक उन्मुक्ति पार्टीबाट राम प्रसाद थारुको उम्मेदवारी परेको छ भने क्षेत्र नं. २(ख) मा नागरिक उन्मुक्ति पार्टीबाट ओम प्रकाश चौधरीले उम्मेदवारी दिएका छन् । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट घनश्याम चौधरी, नेकपा मालेबाट सालिकराम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट दिल बहादुर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नं. ३ प्रदेश सभा सदस्य तर्फ ३(क) मा नेपाली कांग्रेसबाट डिल्ली बहादुर चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट सहरमान थारु र माइते चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ३(ख) मा मंगोल नेशनल पार्टीबाट सुशिल चौधरी उम्मेदवारी दिएको निर्वाचन अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे