डुङ्गा पल्टिदा अमेरिका जान लागेका तीन नेपालीको मृत्यु



डुङ्गा पल्टिदा अमेरिका जान लागेका तीन नेपालीको मृत्यु

तुलसीपुर, ३१ असोज । मध्य अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको पानामाको समुद्रमा डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा तीन नेपाली र एक भारतिय नागरिक रहेका छन् ।

अवैध बाटो मार्फत अमेरिका जान लागेका २५ जना चढेको डुङ्गा दुर्घटना भएको हो । बेपत्ता हुनेहरुमा दुई जना युवा रुकुम पश्चिम र एक जना प्युठानको रहेको जानकारी प्राप्त भएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ का २५ वर्षका प्रदिप खत्री र मुसिकोट नगरपालिका ५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्युठानका काले गिरी दुर्घटनामा परेर बेपत्ता हुनुभएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

अक्टोबर १३ तारिखको राती पानामा देशको राजधानी पानामा शहरस्थित समुद्रमा डुङ्गा दुर्घटना भएको बताईएको छ । दुर्घटनापछि जीवित रहेकाहरुलाई त्यहाँको सेनाले हवाई जहाज मार्फत कोष्टारिका लिएको छ । उक्त दुर्घटनामा अन्य के कति क्षति भएको भन्ने बारेमा पुरा विवरण आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे