राष्ट्रिय जनमाेर्चाका प्रदेशसभा उम्मेदवार महेश रिजाल चुनावी मैदानबाट बाहिरिए



राष्ट्रिय जनमाेर्चाका प्रदेशसभा उम्मेदवार महेश रिजाल चुनावी मैदानबाट बाहिरिए

भालुवाङ २८ असाेज । राष्ट्रिय जनमाेर्चाकाे तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्रगत  प्रदेशसभा क प्रत्यक्ष तर्फका उम्मेदवार महेशचन्द्र रिजाल चुनावी मैदानबाट बाहिरिएको घाेषणा गरेका छन् । शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै रिजालले आफू चुनावी मैदानबाट बाहिरिएको घाेषणा गरेका हुन् ।

रिजालले पार्टीकाे निर्णय अनुसार आफ्नाे समर्थन नेकपा माओवादी केन्द्रकाे तर्फबाट गठबन्धनका साझा उम्मेदवार इन्द्रजित थारुलाई रहेकाेले मतदान पनि साझा उम्मेदवार थारूलाई गर्न आग्रह गरिएकाे जारी बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । निर्वाचन अधिकृतकाे कार्यालयमा भने रिजालकाे उम्मेदवारी कायमै रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे