इराकमा कार्यवाहक राष्ट्रपति सालेहलाई झट्का, अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने निश्चित



इराकमा कार्यवाहक राष्ट्रपति सालेहलाई झट्का, अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने निश्चित

एजेन्सी । इराकमा अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने भएका छन् । योसँगै पछिल्लो एक वर्षदेखि इराकमा भइरहेको गतिरोध अन्त्य हुने विश्वास लिइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार उनले संसदमा भएको मतदानमा १ सय ६० भन्दा धेरै सांसदको समर्थन प्राप्त गरेका छन् । इराकमा सांसदको सङ्ख्या ३ सय २९ रहेको छ । उहाँले अहिलेका कार्यवाहक राष्ट्रपति बरहाम सालेहलाई झट्का दिए । सालेहले जम्मा ९९ सांसदकाे समर्थन पाए ।

इञ्जिनियर समेत रहेका ७८ वर्षका रशिद सन् २००३ देखि २०१० सम्म जल संशाधन मन्त्री समेत बनेका थिए । अब नयाँ सरकार बनाउन उहाँलाई १५ दिनको समय भएको खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे