प्यूठान पहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री केसी सहितकाे टाेलीद्वारा स्थलगत अवलोकन



प्यूठान पहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री केसी सहितकाे टाेलीद्वारा स्थलगत अवलोकन

प्यूठान २७ असाेज ।  प्यूठान जिल्लाका पहिरो प्रभावित क्षेत्रमा लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्रि कुलप्रसाद केसी सहितकाे टाेलीले  स्थलगत अवलोकन गरेको छ।

सो क्रममा मुख्यमन्त्री केसीले भुगर्भविद र विज्ञको टोलिवाट अध्ययनपछी वस्ति स्थानान्तरण गर्ने वा सोही ठाउँमा आवश्यक सुरक्षा संरचना निर्माण सहित वस्ति पुनः स्थापित गर्ने भन्ने विषयमा प्रदेश सरकारले तत्काल निर्णय गर्ने बताए । माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारीले स्थानीय सरकारले बिपदलगत्तै सवै शक्ति आपतकालिन उद्घारमा लगाएको, अब तत्काल एकद्वार प्रणाली मार्फत राहत वितरण सुरु गर्ने र तत्कालै प्रदेश र संघ सरकारसंगको सहकार्यमा वस्ती पुनःस्थापनाको कार्यक्रम अगाडि वढाईने बताए।

प्रशासनको तथ्यांकअनुसार प्यूठान जिल्लाभर ८३ घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने १३८ घर जोखिममा छन्। जिल्लामा बाढी पहिरोमा परी माण्डवी गाउँपालिकामा ७ जना र ऐरावतीमा १ जना गरी ८ जनाको मृत्यु भएको छ । अवलोकनमा  अर्थ तथा सहकारीमन्त्रि कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, संविधानसभा सदस्य नारायणप्रसाद अधिकारी, प्रदेशसभा सदस्यका उम्मेद्वार कृष्ण अधिकारी, माण्डवि गाउपालिकाका अध्यक्ष नवराज अधिकारी सहितको टोली रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे