सामुदायिक वनको संरक्षण प्रति सवै उपभोक्ता सचेत हुनुपर्छ : अध्यक्ष पोख्रेल



सामुदायिक वनको संरक्षण प्रति सवै उपभोक्ता सचेत हुनुपर्छ : अध्यक्ष पोख्रेल

गढवा २७ असोज । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल शर्माले सामुदायिक वन संरक्षण प्रति सवै उपभोक्ता सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् ।शान्ति सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका २ कोठरीको बिहीबार भएको १६ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष पोख्रेलले पछिल्लो समय सामुदायिक वनका पदाधिकारीहरू निश्क्रय रहनुले पनि सामुदायिक वन विनाश हुने क्रम बढेको बताएका थिए ।त्यस्तै उनले वनजंगलमा हुने चोरी निकासी तथा तस्करी रोक्न वनका पदाधिकारी र उपभोक्ता दुवै जिम्मेवार हुनुपर्ने बताउँदै सामुदायिक वनको संरक्षणमा गढवा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । समुहका अध्यक्ष देवेन्द्र यादवको अध्यक्षता एवम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल शर्माको प्रमुख अतिथ्यतामा भएको सभामा आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष शिवलाल भण्डारी र लेखा प्रतिवेदन लेखा संयोजक रञ्जित चाैधरीले प्रस्तुत गरेका थिए ।सो अवसरमा गढवा गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष भक्तु चाैधरी, २ नम्बर वडा सदस्य ओमप्रकाश चाैधरी,गढवा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष नवराज शर्मा, समाजसेवी तथा बुद्धिजीवी भगवती प्रसाद चाैधरी,सल्लाहकार भिमलाल चाैधरी र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रम उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्नुका साथै अतिथिहरूलाई सम्मान र मायाको चिनो समेत प्रदान गरिएको थियो । भने कार्यक्रमको बीच बीचमा साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियोे । समुहका उपाध्यक्ष माधवलाल चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहका लेखा संयोजक रञ्जित चाैधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे