देउखुरीको लमहीमा नेपाल बैंकको शाखा उद्घाटन



देउखुरीको लमहीमा नेपाल बैंकको शाखा उद्घाटन

देउखुरी टुडेकर्मी, लमही ३० कार्तिक ।

देउखुरीको लमहीमा नेपाल बैंक लिमिटेडको शाखा खुलेको छ । लमही नगर विकासको भवनमा नेपाल बैंकको शाखा खुलेको हो । आइतवार ८४ औ वर्ष प्रवेशको अवसरमा लमहीमा नेपाल बैंक लिमिटेड शाखाको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरेका हुन् ।

बैंक उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले लमहीमा धेरै बैंकहरूको स्थापनाले लुम्बिनी क्षेत्रको राजधानीमा थप उर्जा थपेको बताएका छन् । साथै उनले सरकारी बैंक भएको हुनाले व्यपारी, व्यवसायी, लघु उद्यमी र किसानहरूले अझ बढि सहुलियत पाउने बताए ।

नेपाल बैंक लिमिटेड लमही शाखा प्रमुख नोरबु लामाको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसी, नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी, व्यसायी नारायण डिसी छम्पाली, देउखुरी उद्योग बाणिज्य संघ लमहीका पूर्व अध्यक्ष लिलाराम खनाल, लमही खानेपानी सरसफाई तथा उपभोक्ता समितिका सचिव सनमकुमार पौडेल लगायतले बोलेको थिए ।

नेपाल बैंकका सिसहनिया शाखा प्रबन्धक प्रशन्न धितालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल बैंक लिमिटेड तुलसीपुरका प्रबन्धक विश्वराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे