लमही नगरपालिकाकाे तालाबन्दी दुई दिनपछि खुल्याे



लमही नगरपालिकाकाे तालाबन्दी दुई दिनपछि खुल्याे

लमही २६ असाेज । लमही नगरपालिकामा गत दुई दिन पहिले देखि लगाएको ताला मंगलबार देखि खुलेको छ । पहिलेका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी लाइ हाजिर नगराउने निर्णय पछि गत २३ गते देखि जारी रहेकाे ताला मंगलबार देखि खुलेको हाे ।

तालाबन्दी खुलेपछि आज देखि सबै काम सुचारु भएको जनाएको छ । लमही नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत देब्रेन्द्र प्रसाद श्रेष्ठले हाजिर गरेर पनि कार्य संम्पादन गरिरहेकाे समयमा पहिलेका हाकिम गेहेन्द्र बहादुर डाँगीले बुधबार बिहान साढे तीन बजेतिर लमही नगरपालिकामा अनाधिकृत रुपमा प्रबेश गराइ हाजिर गर्न दिएकाे बिरुद्धमा लमही नगरपालिका थप आन्दोलन चर्किएको थियो ।

उता हालै सरुवा भएर आएका देब्रेन्द्र श्रेष्ठ लाइ पनि बर्दियाकाे गुलरिया नगरपालिकामा रमाना बुझेर असाेज १४ गते गय पछि प्रमुख बिहिन भएको हाे । भरखरै लमही नगरपालिकामा सरुवा भएको श्रेष्ठ झन्डै २०/२५ दिन मात्रै जति काम गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।  लमही नगरपालिका असाेज २३ गते देखि अझ आन्दोलन चर्किए पछि श्रेष्ठ बाध्य भएर गएका हुन् । उसाे त उनकाे स्थायी घर सुर्खेत मा भएकाले उक्त ठाउँमा जान इच्छाशक्तिको देखाएको बुझिन्छ ।

हालै कार्यपालिकाकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । डाँगीलाइ हाजिर नगराउने १ बुढे सहमति पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हाै लमही १ का वडा अध्यक्ष दामोदर पाैडेलले भने उता लमही नगरपालिकाका मेयर जाेगराज चाैधरीले पनि डाँगी लागि हाजिर नगराउने सर्तमा तालाबन्दी खुलेको बताए। दुईवटा हाकिम नभएपछि हाल लमही नगरपालिका नि प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र क्षेत्रीकाे भरमा कार्य संम्पादन भैरहेको छ । उनी शिक्षा शाखा प्रमुख पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे