गाली गर्नेहरु मेरा निकै नजिकका र प्रशंसनिय व्यक्तिहरु हुन् : घनश्याम पाण्डे
दाङ २६ असाेज । प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले आफुलाई गाली गर्नेहरु निकै नजिक र प्रशंसनिय व्यक्तिहरु भएको बताएका छन् । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
दाङ निर्वाचन क्षेत्र नं. ३ (१) का प्रदेश सभाका सदस्यका उम्मेदवार पाण्डेले सामाजिक संजालमा जनताले गरेको आलोचनालाई नकारात्मक वा गालीका रुपमा मात्र हेर्न नहुँने भन्दै त्यो सुधारका लागि पनि महत्वपूर्ण कुरा भएको बताए । कुनै पनि व्यक्तिले आफुले गरेको गल्ति आफै नदेख्ने र बाहिरको मान्छेले औंल्याइदिदा आफुभित्र भएका कमीकम्जोरीलाई सुधार गर्न मद्त मिल्ने पाण्डेले बताए ।
‘सबैले राम्रैराम्रो भन्दा बिग्रिन पनि सक्छ । त्यसको लागि खबरदारी पनि आवश्यक छ । त्यो भनेको आलोचना हो । टिप्पणी हो । नजिक भएकाले भेटेर यो भएन त्यो भएन भनेर गुनासो गर्छन् । टाढा भएकाले समाजिक संजाल मार्फत आफ्नो गुनासो पाेख्छन् र आफुलाई हलुंगो महसुस गराउँछन् । त्यसो गर्दा मैले गल्ती गरेको रहेछु भने आगामी दिनमा आफुलाई सुधार गरेर लैजान्छु । त्यो मेरा लागी ठूलो मौका हो र मेरा लागि इमपावर पनि हो । त्यसकारण उनीहरु मेरा प्रशंसक व्यक्ति हो ।’ पाैडेले भने । सामाजिक काम गर्दा जनताको गाली र ताली दुबै आउने भएकाले राम्रो मात्रै सुन्ने र नराम्रो सुन्न नसक्ने मान्छे जनताको नेता हुनै नसक्ने समेत पाण्डेले ठोकुवा गरे।