गंगा चाैधरीकाे उम्मेदवारी फिर्ता भएन, शान्ता र मेटमणिसँग प्रतिस्पर्धा हुने



गंगा चाैधरीकाे उम्मेदवारी फिर्ता भएन, शान्ता र मेटमणिसँग प्रतिस्पर्धा हुने

दाङ २६ असाेज । दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि तीन जना पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।  सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र हाम्राे नेपाली पार्टीबाट उम्मेदवार बनेकी गंगा चौधरीबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू तीनै जना यसअघि एमालेमा रहेर सक्रिय राजनीति गरेका हुन् ।

मेटमणि चौधरी एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ लाग्नुभएको हो भने एमालेबाट शान्ता चौधरीले टिकट पाएपछि गंगा चौधरीले हाम्राे नेपाली पार्टीबाट उम्मेदवारी दिएकी हुन् । उम्मेदवारी फिर्ता लिने समय आज बुधवार दिउँसो १ बजेसम्म रहेकोमा उहाँहरूमध्ये कसैले पनि फिर्ता नलिएपछि तीन जना सहकर्मीबीच प्रतिस्पर्धा पक्का भएको हो । शान्ता र मेटमणि चौधरी थारु समुदायको आन्दोलनमा पनि सहकार्य गरेका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे