दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा



दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाण्डाै २६ असाेज । मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिए ।

तर उनलाई आज निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मङ्सिर ४ गतेपछि मात्रै दिइने पनि सिलवालले बताए । दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङेको मात्रै उम्मेदवारी कायम छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेले आफू एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताउँदै आएका छन् । यसअघि २०७४ सालको चुनावमा पनि उन एमालेकै समर्थनमा उम्मेदवार बनेर विजयी भएका थिए । मनाङको प्रदेश सभा ‘ख’ मा एमाले, कांग्रेसलगायत दलबाट उम्मेदवारी परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे