दाङको तुलसीपुरमा जुवाकाे खालबाट १० जना पक्राउ



दाङको तुलसीपुरमा जुवाकाे खालबाट १० जना पक्राउ

तुलसीपुर २५ असोज । दाङको तुलसीपुरमा जुवा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीलीले तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ स्थित गोविन्द शाहको घरबाट उनिहरुलाई पक्राउ गरेको हो ।दिउँसो साढे दुई बजे पक्राउ परेकाहरुको साथबाट १९ हजार नगद र तास बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे