नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुकाे उम्मेदवारी खारेज



नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुकाे उम्मेदवारी खारेज

काठमाण्डाै २५ असाेज । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी थारुको उम्मेदवारी खारेज भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरी विरुद्ध दिएको उजुरीमाथि जाँच–बुझ गर्दा चौधरी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी उम्मेदवार बन्न अयोग्य देखिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे