दाङका राजनीतिक दलद्धारा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता



दाङका राजनीतिक दलद्धारा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता

दाङ २२ असाेज । दाङका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलीय बैठकमा नेताहरुले आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकिकृत समाजवादी, राप्रपा नेपाल दाङका प्रतिनिधि लगायतका नेताहरुले आचारसंहिता पूणर्रुपमा पालना गर्न तयार रहेको बताएका छन् ।

दाङ क्षेत्र न. २ का मुख्य निर्वाचन अधिकृत यबम जिल्ला न्यायाधीश कृपासुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन, प्रहरी नायव उपरीक्षक राजनकुमार गौतम लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा सबै राजनीति दलले निर्वाचनलाई भय रहित बतावरण सम्पन्न गर्ने आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाएका थिए । भोलि २३ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रममा पालैपालो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे