प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा



प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा

काठमाडाैँ २२ असाेज । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ ।

आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रदेशमा ३६ दलका ९ सय ४८ उम्मेदवारी परेको छ । बागमती प्रदेशमा ४१ दलका ८ सय २५ जनाको उम्मेदवारी परेको छ भने गण्डकी प्रदेशमा ३१ दलका ३ सय ६८ जनाको उम्मेदवारी परेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा ३२ वटा दलबाट ६ सय ५७ जनाको उम्मेदवारी परेको छ भने कर्णाली प्रदेशमा २८ वटा दलबाट २ सय २२ जनाको उम्मेदवारी परेको छ र सुदूर पश्चिम प्रदेशमा ३४ दलबाट ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा गरी ६ हजार ४ सय ९३ जना उम्मेदवारको अन्तिम रूप दिने कार्य भइरहेको थपलियाले जानकारी दिए । यो सूचीमा रहेका कुनै पनि व्यक्ति प्रत्यक्ष तर्फको उम्मेदवार हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे