दाङकाे घोराही–लमही सडक एकतर्फी सञ्चालनमा



दाङकाे घोराही–लमही सडक एकतर्फी सञ्चालनमा

दाङ २२ असोज ।शुक्रबार राति पहिरोका कारण अवरुद्ध लमही–घोराही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । लगातार वर्षाका कारण शुक्रबार राति मसोट खोला नजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाउनेक्रममा अहिले मोटरसाइकल र साना गाडी एकतर्फी रुपमा चल्ने गरी सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिए ।

सडक पूर्ण रुपमा सञ्चालनमा आउन केही समय लाग्ने उनले बताए । शनिबार बिहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले पहिरो पन्छाउने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे