प्युठानमा बेपत्ता भएका ६ मध्ये दुई जनाकाे शव भेटियाे



प्युठानमा बेपत्ता भएका ६ मध्ये दुई जनाकाे शव भेटियाे

प्युठान २२ असाेज । प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये आज शनिवार बिहान दुई जनाको शव फेला परेको छ । शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए ।

माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए । बाँकी चार जनाको खोजी भइरहेकाे प्युठान प्रहरीले जनाएकाे छ ।  अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोलीले पहिरोमा पुरिएर बेपत्ता भएका चार जनाको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे