घोराही-लमही सडक फेरि अवरुद्ध



घोराही-लमही सडक फेरि अवरुद्ध

दाङ २२ असाेज । लगातार पहिरो झरेका कारण अवरुद्ध पूर्व पश्चिम राजमार्ग पहिरो हटाइएपछि खुलेको छ । हिजो बिहान देखि पहिरोका कारण रोकिएका सवारीसाधन २४ घण्टापछि बल्ल गन्तव्य स्थानको लागि प्रस्थान गरेको इलाका प्रहरी कार्यालय भालुबाङ जनाएको छ । दाङ र कपिलवस्तु जिल्लाको ठाउँ ठाउँमा लेदो सहितको झरेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

यसैगरी लमही घोराही सडक फेरि अवरुद्ध भएको छ । मध्यरातमा पहिरो हटाएर खुलेको सडक बिहान फेरि लेदो सहितको पहिरो झरेर अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो हटाउने काम सुरु भएको दाङका ट्राफिक प्रहरी प्रमुख झविन्द्र परियारले जानकारी दिए । लगातार पानी पर्दा दाङको जनजीवन प्रभावित छ । तीन हजार बढि घर डुबानमा परेका थिए । घर डुबानमा पर्दा बिस्थापित भएकाहरूलाई सार्वजनिक भवन, विद्यालय, सामुदायिक वनको भवन, आफन्तको घरमा आश्रय लिएर बसेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे