दाङमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु



दाङमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु

दाङ २० असाेज । दाङमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु भएको छ । मामाघरमा रहेका छाेराछाेरीलाई लिन जाने क्रममा खैरेनी खाेलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१५ निवासी ४८ वर्षीय मदन डाँगीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजाे खाेलाले बगाउँदा वेपत्ता भएका डाँगीकाे शव आज बिहान घटना स्थल देखि ३५ मिटर पर फेला परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी, जिल्लाकै गुर्जे खाेलाले बगाउँदा वेपत्ता भएका कल्लु चाैधरीकाे खाेजी जारी रहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे