राप्ती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह, देउखुरीका विभिन्न क्षेत्र जलमग्न



राप्ती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह, देउखुरीका विभिन्न क्षेत्र जलमग्न

देउखुरी १९ असोज । लगातार वर्षातका कारण राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसीले राप्ती नदीको बहाव बढेको जानकारी दिए । उनका अनुसार बुधवार दिउसो साढे १ बजे खतराको तह पार गरी ५.४५ मिटर पुगेको छ, यो खतराको तह हो ।

राप्ती नदीले खतराको तह पार गरेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राप्ती नदीको तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरे । निरन्तर बर्षा जारी रहेको र नदीको तल्लो तटियय क्षेत्रमा काठ दाउरा समात्न, निकाल्न जाने कार्य अति जोखिमपूर्ण भएकाले नदीको किनार छेउमा नजान समेत अनुरोध गरिएको छ ।

देउखुरीका विभिन्न क्षेत्र जलमग्न

गए रातीदेखि लगातारको बर्षातका कारण दाङ सहित देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छ । निरन्तर वर्षाका कारण देउखुरीको विभिन्न वडाहरू जलमग्न भएको हो । राप्ती नदी आसपासका बस्तीहरु जलमग्न भएका हुन् । स्थानीय खोलामा बाढी आउँदा लमही गढवा यातायात सेवा प्रभावित भएको छ ।

लगातार वर्षाको कारण लमही, राजपुर, गढवा, राप्ती लगायतका विभिन्न क्षेत्रहर जलमग्न भएका छन् । यता लमही नगररपालिका नगर प्रमुख जोगराज चौधरीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् । त्यसैगरी लमही नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले लगातार वर्षातका कारण कुनै क्षति भएमा तत्कालै लमही नगरपालिका विपद् शाखा ०८२–५४०८५०, नगर प्रमुख  ९८५७८४२५५५, नगर–उपप्रमुख ९८५७८४२४४४ र प्रमुख प्रशासकीय अधिकृत ९८५७८३७१११ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

-गणतन्त्र अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे