कांग्रेसमा जुट्यो सहमति, शेखर पक्षलाई २५ प्रतिशत
काठमाडौं / नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको जानकारी दिएका हुन् । /
निर्वाचन आयोगले असोज २ र ३ गते बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आजसम्म समय दिएको थियो । सोही समयमा कांग्रेसले असोज ३ मा पेस गरेको बन्दसूची संशोधन गरेको हो ।
समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा कोइराला पक्षलाई दिएपछि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्ने भएका छन् ।
कोइराला पक्षले १२ जना सांसद हुने गरी आफू पक्षीय नेताको नाम राख्न भनेको थियो । कोइराला पक्ष त्यसमा केही घटेको कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय प्रेम केसी र कृष्णप्रसाद दुलाल निर्वाचन आयोग पुगेर असोज ३ मा बुझाएको नाममा हेरफेर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्