इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तीमा १ सय २७ जनाको ज्यान गयो



इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तीमा १ सय २७ जनाको ज्यान गयो

एजेन्सी । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको ज्यान गएको छ । पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको भिडमा भागदौड मच्चिँदा १ सय २७ जनाको ज्यान गएको र १ सय ८० जना भन्दा धेरै घाइते भएका प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयर्टसले जनाएको छ ।

खेलमा पराजित हुने पक्षका समर्थकहरूले आक्रमण गरेकाे खबरमा उल्लेख छ । इन्डोनेसियाका खेलकुद मन्त्री जैनुदिन अमालीले फुटबल खेलका क्रममा भएको सुरक्षाको पुनः मूल्याङ्कन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे