प्युठानमा गठबन्धन दलमा भाँडभैलो, काँग्रेसले दुर्गा पौडेललाई भोट नदिने घोषणा



प्युठानमा गठबन्धन दलमा भाँडभैलो, काँग्रेसले दुर्गा पौडेललाई भोट नदिने घोषणा

बुटवल १५ असोज । सत्तारुढ गठबन्धनबीच भागवण्डा मिलेको दावी गरिहँदा देशभर विभिन्न प्रतिक्रिया आएका छन् । यस्तै प्रतिक्रिया प्युठानका कांग्रेस नेता प्रा. डा. गोविन्द पोखरेलले सार्वजनिक गरेका छन्।

पूर्व योजना आयोगका उपाध्यक्ष तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य पोखरेलले आफूले प्युठानमा गठबन्धनको पक्षमा भोट नमाग्ने कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

२०७४ को चुनावमा वाम गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग आफू पराजित भएको स्मरण गर्दै पोखरेलले लेख्नु भएको छ – ‘यदि बाहिर आएका गठबन्धनका समाचार सही भएमा म प्युठानी जनताका बीच रुख चिह्नमा पार्टी र पार्टीका उम्मेदवारलाई मात्र मत माग्न आउनेछु, नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन विनम्र अनुरोध गर्दछु ।’

गठबन्धनबाट फेरि दुर्गा पौडेल नै उम्मेदवार हुने चर्चा चलेसँगै पोखरेलले यस्तो प्रतिक्रिया व्यक्त गर्नु भएको हो । ‘शुभेच्छुकहरुको प्रस्तावप्रति पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु तर प्रस्तावलाई सकारात्मकरुपले लिएर उपायहरु खोज्दै छु,’ उनले लेखेका छन् ।

नेकपा (एमाले) ले प्युठानमा सुर्य थापालाई टिकट दिने चर्चा चलेको छ । स्थानीय तह निर्वाचनमा प्यूठानमा एमालेले ३९ हजार ८७७, कांग्रेसले २१ हजार ५४६, माओवादीले १७ हजार १६३, जनमोर्चाले १३ हजार ६१२ र समाजवादीले एक हजार ४१७ मत पाएका छन् ।
स्थानीय चुनावपछि एमालेले विभिन्न पार्टीबाट पाँच हजार जनालाई एमालेमा प्रवेश गराएको दाबी गरेको छ । पोखरेल पार्टीभित्र शेखर कोइराला पक्षका हुन् । कांग्रेसको संस्थापनइतर पक्ष असन्तुष्ट भएको अवस्थामा गठबन्धनकी दुर्गा पराजित हुने गलभग पक्का भएको बताइएको छ ।
– जनता टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे