गढवा गाउँपालिकाकाे पहलमा असाहाय बृद्धाकाे उद्धार



गढवा गाउँपालिकाकाे पहलमा असाहाय बृद्धाकाे उद्धार

गढवा १३ असाेज । गढवा गाउँपालिकाको बिशेष पहलमा विहिवार गढवा गाउँपालिका वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा बाटोमा लडिरहेको एक जना पुरुषको उद्दार गरिएको छ । वडा नम्बर – १ को गढवा-कालाकाटे सडक खण्डको जंगलमा नग्न अवस्थामा एक जना ब्यक्ति अचेत अवस्थामा लडिरहेको जानकारी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्माले पाए पछी तत्काल उद्धारका लागि पहल गर्नु भएको पालिकाले जनाएको छ ।

 

जानकारी पाए लगत्तै जानकारी लिन खोज्दा कोही पनि सम्पर्कमा नआएकोले ति बृद्धा लाई उद्दार गरेर निल सागर सेवा आश्रम राप्ती गाउँपालिका – ८ पिपरीमा पठाईएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । जानकारी पाए लगत्तै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी ठाउँमा पुगेर ति बृद्धाको बारेमा जानकारी लिनु भएको हो। अनाथहरूको उद्दार गर्न पालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि अनाथहरुको सहयोग र उद्धार गर्न पालिका सदैव तयार रहने उपाध्यक्ष शारदाकुमारी चौधरीले जानकारी दिइन् ।

 

स्वाभिमान युवा क्लबका युवाहरुले ति ब्यक्तिका लागि कपडा सहयोग गरेका हुन्। अन्दाजी ६५ बर्ष देखिने ति ब्यक्तिको पहिचान हुन सकेको छैन । उद्धारको क्रममा गढवा गाउँपालिकाको वडा नम्बर – १ का अध्यक्ष बाबुराम अधिकारी, अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी नायब निरीक्षक कालु सिंह धानक , निल सागर सेवा आश्रम पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरी,निल सागर सेवा आश्रमकी कर्मचारी सिता चौधरी, धर्मराज पोख्रेल, स्वाभिमान युवा क्लबका युवाहरु, भिम थापा, सरोज परियार, स्थानिय लालबहादुर कुमाल लगायतकाको उपस्थिति र बिशेष सहयोगमा उद्दार गरिएको हो।

निल सागर सेवा आश्रम पिपरीले स्थानीय सरकार, सुरक्षा संयन्त्र र स्थानीको सामन्वयमा असाहाय, हिंसा पीडित र बेवारिसे अवस्थाका ब्यक्तिहरु लाई सुधार सुरक्षा सहितको आवास व्यवस्थापनको काम गर्दै आएको र नाम नखुलेको ति बृध्दा लाई पनि त्यही राख्ने निल सागर सेवा आश्रम पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे