देउखुरीकाे गढवा गाउँपालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु



देउखुरीकाे गढवा गाउँपालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

गढवा १३ असोज । देउखुरीकाे गढवा गाउँपालिका स्तरीय क्रिकेट तथा वडा स्तरीय फुटबल प्रतियोगिता गढवा-५ मा सुरु भएको छ। खेलकुद मुल समितिका अध्यक्ष माधव यादवको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५का अध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

असोज १३ गतेदेखि सुरु भएको प्रतियोगिता असोज १७ गते सम्म चल्ने भएको र प्रतियोगितामा गढवा गाउँपालिका भरीका गरी १५ ओटा क्लबहरुले नाम दर्ता गराएको मुल समितिका संयोजक माधव यादवले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखराज थापाले स्वास्थ्यका लागि खेलकुद एकदमै आवश्यक रहेको बताउदै प्रतियोगिहरु लाई नियमसंगत खेल्न अनुरोध गरे । उनले खेलकुद प्रतियोगिता लाई प्रतिस्पर्धा मात्र नभई अनुशासित र मर्यादित बनाउन प्रतियोगीहरुलाई अनुरोध समेत गरे ।  खेलकुद मुल समितिका उप संयोजक रमेश खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रकाश चौधरीले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे